रौतहट जिल्लाको विभिन्न स्थानबाट बैशाख २० गते करीव १० लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल र साईकल नियन्त्रणमा लिईएको छ ।
भारतबाट अवैध रुपले ४ वटा मोटरसाईकल र ६ वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, किराना सामान र मदिरा नं. ११ गण रौतहट र मातहत कार्यालयले नियन्त्रणमा लिएको छ ।
बरामद सामान तथा मोटरसाईकल, साईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोटरसाईकल तथा साईकलको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ ।