सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एन.आर. कलेजका पूर्व विद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा बैशाख १७ गते रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त शिविरमा महिला, बालबालिका र बृद्धबृद्धा गरी कुल २ सय ६४ जना सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै ४१ जनाले रक्तदान गरेका थिए ।  

APF