पर्सा जिल्लाको बीरगंज महानगरपालिका– १६ भन्सार ईलाकाबाट बैशाख १६ गते करीव ४ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको मोवाईलको डिस्प्ले, चार्जर र डाटा केवल प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले बरामद गरेको हो ।
यसैगरी सोही स्थानबाट बैशाख १६ गते भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एक्स ३४७९ नम्बरको मारुटी सुजुकी कारमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको करीव १ लाख ४ हजार रुपैयाँ बराबरको मोटर पार्ट्स प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले नियन्त्रणम लिएको छ ।
बरामद सामान तथा कार आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।