प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज पर्साले पर्सा जिल्लाको विरगंज महानगरपालिका–७ रेल्वे रोडबाट कागजात तथा प्रज्ञापन पत्र नभएको ८ लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता र किराना सामान बरामद गरेको छ ।
यसैगरी सोही महानगरपालिका–१६ भन्सार मेनगेट नजिकबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको १ लाख २२ हजार ७ सय २० रुपैयाँ बराबरको लत्ताकपडासमेत बरामद गरेको छ ।