कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका- ४ भदौरे देउराली नजिक थामडाडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जिप चैत्र १८ गते सडकबाट अन्दाजी २०० मिटर तल खसेको खबर पाएपछि नं. २४ कालिका गण पोखराबाट बिपद् उद्धार सामाग्रीसहित खटिएको फौजले १० जनालाई जीवितै उद्धार गर्न सफल भएको छ भने मृत्यु भएका २ जनाको शव निकालेको छ ।