कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ कुकुर भुकुवास्थित सीमा
ईलाकाबाट पुस २० गते करीव ४ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको
३ थान लिथियम आयोन ब्याट्री र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगरले बरामद गरेको हो ।
बरामद सामान कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।