धनुषा जिल्लाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट कार्तिक १३ गते करीब
१७ लाख ३१ हजार रुपैयाँ बराबरको मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद
भएको छ ।
        राजश्व भन्सार सुरक्षा बेश जनकपुरले विशेष सूचनाको आधारमा अबैध रुपमा
गोदाममा स्टोर गरी राखिएको अवस्थामा उल्लेखित मुल्य बराबरको २ हजार ९ सय
६० वटा मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरिएको हो ।
        बरामद सामान राजश्व भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
 

APF