पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट असोज २८ गते
करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएकोे छ ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले सोही
ठाउँ बस्ने समिम मियाको घर भाडामा लिई मुकेश भन्ने व्यक्तिले लुकाई छिपाई
राखेको उल्लेखित मुल्यको लत्ताकपडा, हार्डवेयर तथा मोटर पार्ट्स बरामद
गरेको हो ।
        बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

APF