पर्सा जिल्लाको विरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट असोज २४ गते करीव
२ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र साईकल बरामद
भएको छ ।
विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले
भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित
मुल्यको लत्ताकपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।