बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट भाद्र
२१ गते सशस्त्र प्रहरीले १ लाख ६४ हजार ६ सय १० रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र किराना सामान बरामद गरेको छ

        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको सामान
नं. ३० बोगश्वरी गण बाँकेले बरामद गरेको हो ।
        बरामद सामान नेपालगंज भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।     
        यसैगरी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटाचोकबाट भाद्र २१
गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        बेवारिसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा नं. २८ गण
कपिलवस्तुले बरामद गरेको    हो ।
        बरामद लत्ताकपडा कृष्णनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

APF