सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव
उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई भाद्र १८ गते प्रधान कार्यालयमा
आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भाद्र १३ गतेको निर्णयले ८४ जना
सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा
हुनुभएको हो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासलाई
ध्यान राख्दै संगठनले कदम चालिरहेको बताउनुहुँदै पदोन्नतीसँगै थप भएको
जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशिल भई त्रुटिरहित ढंगबाट सम्पादन गर्न
निर्देशन दिनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको गरिमा र छविलाई उच्च
बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुपर्ने बताउनुहुँदै
कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै कठिन परिस्थिती र चुनौतीहरुको समाना
गर्न संगठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
यसअघि भाद्र १७ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र
प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भाद्र १२ गतेको निर्णयले ५६ जना
सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा
हुनुभएको हो ।