कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट भाद्र ३ गते
सशस्त्र प्रहरीले करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको
आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा
चप्पल बरामद गरेको हो ।
बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।