सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोली
बीच बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भेटवार्ता
भएको छ ।
जनमुक्ति सेनाको तिब्बत मिलिट्री रिजनका डेपुटी कमाण्डर यु आन्दअको
नेतृत्वमा आएको आठ सदस्यीय चिनिया टोली र महानिरीक्षक अर्यालको नेतृत्वमा
सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत सम्मिलित टोली बीच समसामयिक
विषय, सीमा अपराध, सीमा सुरक्षा, सीमा चिन्ह सुरक्षा र आपसी सहयोग
लगायतका विषयमा छलफल भएका थियो ।