बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट साउन २८ गते
सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६
वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४
वर्षिय गुड्डुप कसिफ छन् ।
यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखी
नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थान
तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेले
नियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाई
टाढैबाट देख्नासाथै फरार भएका थिए ।
नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित
आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा
बुझाईएको छ ।