अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको
बीच भागमा अड्किएका एक व्यक्तिको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल
उद्वार गरेको छ ।
खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो
खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा
अड्किएका थिए ।
नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको
टोलीले उनको सकुशल उद्वार गरेको हो ।