बारा जिल्लाको बिश्रामपुर–१ मुसहर्वास्थित सीमा ईलाकाबाट साउन १७ गते
सशस्त्र प्रहरीले करीब १७ लाख ३० हजार रुपैयाँ बराबरको कवाड सामान र एउटा
पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
        ना ५ च २६६६ नम्बरको पिकअप भ्यानमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ
लैजाँदै गरेको अवस्थामा कवाडको सामानसहित भ्यान बिओपी बरैनियाले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको कवाड सामान र भ्यान बीरगंज भन्सार कार्यालय पर्सामा
बुझाइएको छ ।

APF