झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित पथरीयाबाट करीव १० लाख ३ हजार
रुपैयाँ बराबरको बिभिन्न सामान तथा ट्याक्टर सशस्त्र प्रहरीले साउन १६
गते नियन्त्रणमा लिएको छ ।
मे १ त ७२८९ नम्वरको ट्याक्टरमा प्रस्तावित सीमा सुरक्षा गुल्म
घेराबारीले शंका लागि जाँच गर्दा हार्डवेयरका सामान, टनेलपाल तथा
प्लाष्टिकका बट्टाको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको सामान तथा ट्याक्टर आवश्यक अनुसन्धानको लागि आन्तरिक
राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।