मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका ११ स्थित बसपार्क ईलाकाबाट साउन
१६ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याँउदै गरेको उल्लेखित रुपैयाँको
लत्ताकपडा तथा पर्स नं. ३ गण मोरङ्गले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।