पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ९ गते
सशस्त्र प्रहरीले करीब ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ट्रक
नियन्त्रणमा लिएको छ ।
        बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख २६४१ नम्बरको ट्रकमा बिलबिजक
भन्दा बढी र फरक सामान राखेर लैजादै गरेको अवस्थामा नं. १३ गण पर्साले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैयामा बुझाईएको छ ।

APF