रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन ७
गते सशस्त्र प्रहरीले करीव १ लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।

APF