पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ चण्डाल चोकबाट साउन ५ गते
सशस्त्र प्रहरीले करीव १७ लाख ४८ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित
एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ जीए १९४६
नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको सामानको विलविजकमा उल्लेख भए
भन्दा बढि र फरक भेटिए पश्चात नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो
।
नियन्त्रणमा लिएको सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।