कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १० स्थित चक्मेलीचोक सीमा
ईलाकाबाट साउन १ गते करीव ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा
कस्मेटिक सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई बेवारीसे अवस्थामा राखेको उल्लेखित
मुल्य बराबरको सामान बीओपी जुगेडाले बरामद गरेको हो ।
बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।