सर्लाही जिल्लाको मलगंवा नगरपालिका ८ बाट सशस्त्र प्रहरीले साउन १ गते
लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही नगरपालिका ३ बस्ने मासुन हसन र राजाबाबु मिकरानीलाई प्रस्तावित
सीमा सुरक्षा गुल्म मलगंवाले नियन्त्रणमा लिएको हो ।
        प्रदेश ०२–०३–०१७ प ९९६ नम्बरको प्रेस लेखिएको मोटरसाईकलमा भारतबाट
नेपालतर्फ आउँदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा ६० वटा
नाइट्राभेट ट्याब्लेट फेला पारेको हो ।
        नियन्त्रणमा लिइएका उनिहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको छ ।

APF