रुपन्देही जिल्लाको देवदह नगरपालिका ५ महेन्द्र राजमार्ग स्थित खैरेनी
ईलाकाबाट असार ३० गते राती करीव ३ लाख ४७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
        बिशेष सूचनाको आधारमा भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई
राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म
डण्डाले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया
रुपन्देहीमा बुझाईएको छ ।
 

APF