कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ५ स्थित सुकासाल ईलाकाबाट करीव १
लाख ८ हजार रुपैयाँ बराबरको किटनाशक औषधी तथा अन्य सामान असार १५ गते
सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
औषधी तथा सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले बरामद गरेको
हो ।
बरामद सामान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको छ ।