कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका ५ स्थित कटनियाबाट १ लाख ४ हजार
रुपैयाँ बराबरको अबैध काठ असार १० गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
अबैध रुपले ल्याई लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ८०
क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बिओपी बिजयनगरले बरामद गरेको छ ।
बरामद काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तुमा बुझाइएको छ ।