कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट
असार १० गते सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको
भन्सार छलिको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको छ ।
प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले
उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको
मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय
गड्डाचौकीमा बुझाइएको छ ।