रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट जेठ ३१ गते
सशस्त्र प्रहरीले ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा
अटोरिक्सा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही नगरपालिका बस्ने ३६ बर्षिय गुड्डि मुसलवान र ४८ बर्षिया सिता
गुरुङ्ग र सप्तरी जिल्ला घर भई हाल भैरहवा बस्ने २३ बर्षिय उमेश
पासवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
         लु १ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको ६८ जोर जुत्ता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा
सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

APF