रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट
१ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान जेठ
२६ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,
कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले बरामद गरेको हो ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४
सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान जेठ २५ गते सशस्त्र
प्रहरीले बरामद गरेको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलि
ल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित
बमनहरबाट जेठ २५ गते बरामद गरेको छ ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।