कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १८ सद्भावचोक ईलाकाबाट जेठ १९ गते
सशस्त्र प्रहरीले ९४ हजार ५ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा
बीओपी फुलवारीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।