रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ स्थित डुमरियाबाट १७ लाख ५ हजार १ सय
२० रुपैयाँ बराबरको विभिन्न सामान र एउटा ट्रकसहित दुई जनालाई जेठ ६ गते
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ औरैया बस्ने २२ बर्षिय राजेश साह र
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ८ बस्ने २६ बर्षिय सुमन सैजु रहेका
छन् ।
विशेष सूचनाको आधारमा खटिएको नम्बर ११ गण रौतहटले प्रदेश नं. २–०३–००१ ख
७०७४ नम्बरको ट्रकलाई शंका लागि जाँच गर्दा विलमा उल्लेख गरिएको भन्दा
बढि खाध्यान्न र अबैध मलखाद फेला परेपछि उनिहरुलाई ३२ बोरा गहँु, ६९ बोरा
मकै, २३ बोरा युरिया मल सहित नियन्त्रणामा लिएको हो ।
नियन्त्रणमा लिइएको सामान तथा ट्रकसहित दुवै जनालाई आवश्यक कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।