रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १
लाख १८ हजार ७ सय ९० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान सशस्त्र
प्रहरीले जेठ ८ गते बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, जुत्ता खाध्यान्न तथा मोटर पार्टस प्रस्तावित सीमा सुरक्षा
गुल्म (विओपी डण्डा) ले बरामद गरेको हो ।
बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।