कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित भगवानपुबाट जेठ ०७ गते
सशस्त्र प्रहरीले करिव १ लाख ८९ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरेको
छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदैँ गरेको उल्लेखित मुल्य बराबरको २१
सय वटा चल्ला सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगर (वीओपी कृष्णनगर) ले बरामद गरेको हो ।
बरामद चल्ला पशु क्वारेनटाइन कार्यालयका कर्मचारी र स्थानीय
जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।