रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट जेठ ३ गते
सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद
गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित
सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) ले बरामद गरेको हो । सशस्त्र
प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरु भने फरार भएका थिए ।
बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय
बेलहियामा बुझाइएको छ ।