इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट
जेठ २ गते सशस्त्र प्रहरीले करीव ९ लाख रुपैयाँ बराबरकोे विभिन्न सामान
बरामद गरेको छ ।
नेपालबाट भन्सार छलि अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य
बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी
पशुपतिनगर) ले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी
व्यक्ति भने फरार भएका थिए ।
बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।