सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट जेठ ०२ गते
सशस्त्र प्रहरीले १ सय ६६ के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल
प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा¬) ले बरामद गरेको हो
।
सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा गाँजा छाडी व्यक्ति भने फरार
भएका थिए ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा
सर्लाहीमा बुझाईएको छ ।