रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित आपबगैचा ईलाकाबाट बैशाख १२ गते सशस्त्र प्रहरीले करीव २ लाख २३ हजार ३ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चप्पलसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामानसहितको लु ९ प ६५४७ नम्बरको मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
APF