रौतहट,
रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप ईलाकाबाट बैशाख ९ गते
सशस्त्र प्रहरीले करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ताचप्पलसहित ३
वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
बीआर ०५ एए १७९०, बीआर २९ एन १३२९ र बीआर ०६४९२०२ नम्बरको भारतीय
मोटरसाईकलमा राखी अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विल विजक
नभएको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण
रौतहटले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।