सर्लाही,
सर्लाही जिल्लाको धन्कौल गाँउपालिका २ स्थित धन्कौल ईलाकाबाट बैशाख ८
गते सशस्त्र प्रहरीले करीव ४ लाख २१ हजार ८ सय रुपैयाँ बराबरको
लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ बिआर ०६ बियू १९६७ र बिआर ३० एल ३३६४
नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान
सशस्त्र प्रहरीे बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सिमरा (बिओपी
सिमरा) ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।