कैलाली
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित बडहरा ईलाकाबाट बैशाख ८
गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर
(बिओपी त्रिनगर) कैलालीले करीव १ लाख २९ हजार रुपैयाँ बराबरको सुर्ती तथा
गुट्खा नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान बेवारिसे अवस्थामा फेला परेपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।