रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बैशाख ८
गते करीव १ लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा र खेलौना सशस्त्र
प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले नियन्त्रणमा
लिएको हो ।
नियन्त्रणमा लिईएको सामान भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।