काठमाडौं,
रौटहट जिल्लाको बौधिमाई नगरपालिका ५ कोपवा ईलाकाबाट बैशाख ७ गते सशस्त्र
प्रहरी बल नेपाल नं ११ गण रौतहटले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको
कस्मेटिक सामान नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी ईलाकाबाट बैशाख ६
गते प्रस्तावित सीमा सुरक्षा गु्ल्म गौर (बिओपी गौर) ले करीव १ लाख २३
हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ ।
भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानको विलविजक नभएको
पाईएपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।