धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरियानीबाट बैशाख ०४ गते
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाले करिव ४ लाख २ हजार रुपैयाँ
बराबरको सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
बीआर ३२ एफ ३०२७ र बीआर ३२ एए ९९३३ नम्बरको मोटरसाईकलमा अबैध रुपले
नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको ६० हजार रुपैयाँ बराबरको
मदिरासहित उल्लेखित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
यसैगरी बीआर ३२ एसी ८५७८ नम्बरको अपाचे मोटरसाईकलमा भारतबाट अबैध रुपले
नेपालतर्फ ल्याउँदै गरेको ४२ हजार रुपैयाँ बराबरको भाँडाबर्तन र
लत्ताकपडासहित मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मदिरा, सामान तथा मोटरसाइकल भन्सार
कार्यालय जनकपुरमा बुझाइएको छ ।