काठमाडौं,
कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल
मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र
प्रहरीले बैशाख २ गते अन्दाजी २०० मिटर गहिराईबाट निकालेको छ ।
सोही महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल
खेल्ने क्रममा उक्त प्वालमा खसेकी भन्ने बताईएको छ ।
सो बारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण
कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो । उद्धार गरी
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै
डाक्टरले मृत घोषित गरेका थिए ।