सुनसरी जिल्लाको दुहवी नगरपालिका ३ बिराटनगर ईटहरी सडक खण्डबाट चैत्र २८
गते करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा सशस्त्र
प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले ३ लाख ८१ हजार ५
सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा चैत्र २७ गते नियन्त्रणमा
लिएको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
लत्ताकपडा सोही नगरपालिका ७ फर्साही ईलाकाबाट नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको लत्ताकपडा भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।