रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपालका सुरक्षा बेस तथा बिओपीहरुले
रौतहट जिल्लाको विभिन्न स्थानबाट ४ लाख ९ हजार ६ सय ४० रुपैयाँ बराबरको
चोरीपैठारीको सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुहाले चैत्र २२ गते रौतहट
जिल्लाको यमुनामाई गाँउपालिका ५ ईद्रिस गेट ईलाकाबाट १ लाख ३४ हजार ५ सय
९० रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान नियन्त्रणमा
लिएको हो ।
यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ भन्सार रोड ईलाकाबाट चैत्र १९ गते
र राजपुर नगरपालिका ७ कुडियाबाट चैत्र २० गते प्रस्तावित सीमा सुरक्षा
गुल्म गौर (बिओपी गौर) ले २ लाख ७५ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीको
लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएका सामानहरु स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।