सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा सीमा ईलाकाबाट चैत्र २१ गते करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । उक्त मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजादै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो । बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाईएको छ ।
APF