रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा सीमा ईलाकाबाट चैत्र २१ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
APF