मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर
ईलाकाबाट चैत्र २० गते करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी
नियन्त्रणमा लिइएको छ ।
बाग्मती प्रदेश ०१-०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३
बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले
नियन्त्रणमा लिएको हो ।
साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको
मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय
पर्सामा बुझाईएको छ ।