रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ चम्कीपुरबाट चैत्र १९ गते करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ८० वटा कुखुरा बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कुखुरा बिओपी बुचीले बरामद गरेको हो । बरामद कुखुरा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानिय भद्रभलाद्मी र पशु क्वारेनटाइन कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।
APF